इलाम / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलाम जिल्ला समितिले उम्मेदवारको नाम कोसी प्रदेश समितिमा सिफारिस गरेको छ ।
आगामी वैशाख १५ गते हुने सङ्घीय उपनिर्वाचनका लागि राप्रपा इलामले तीन जनाको नाम सिफारिस गरेको हो ।
लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।
तीन जनाको नाम सिफारिस गरेको राप्रपाले पहिलो नम्बरमा गुरुङको नाम पठाएको हो ।
Discussion about this post