मोरङ्ग- मोरङ्ग जिल्लाको धनपालथान गाउँपालिका वडा नं ३ स्थित नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मातहत रहेको सशस्त्र प्रहरी बल, नेपाल नं ३ गण हे.क्वा कंकालिनी मोरङ्ग र भारतिय सशस्त्र सीमा बल ५२ औं बटालियन अररिया बिच मैत्रींपूर्ण भलिबल खेल सम्पन्न भएको छ ।
नेपाल-भारत सीमाको सुरक्षाको लागी खटिएका दुबै तर्फका फौज बिच आपसी समन्वय, सहकार्य, सूचना आदान-प्रदान र भाईचारापन कायम रहोस भन्ने उद्देश्यले सो खेल आयोजना गरिएको थियो ।
मैत्रींपूर्ण खेलमा सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल प्रमुख अतिथीको रुपमा रहनु भएको थियो भने बिशिष्ट अतिथीको रुपमा रंगेली नगरपालिका प्रमुख दिलिप कुमार अग्रवाल, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार र मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको उपस्थिती रहेको थियो ।
कार्यक्रममा भारतिय सशस्त्र सीमा बल ५२ बटालियनका कमाण्डेण्ट महेन्द्र प्रताप, मोरङ्ग जिल्ला प्रहरी उपरीक्षक नवराज कार्की, नं ३ गणका गणपति सप्रउ विश्व वन्धु खड्का र उप-अनुशन्धान निर्देशक तिलक शर्मा प्रसाईको उपस्थिती रहेको थियो ।
मैत्रींपूर्ण खेल अवलोकनको लागी नेपाल र भारतका स्थानियको उपस्थिती रहेको थियो । सो मैत्रींपूर्ण भलिबल खेल सशस्त्र प्रहरी बल, नेपाल नं ३ गण हे.क्वा कंकालिनी मोरङ्गले ३-० को सोझो सेटमा बिजयी भएको थियो ।
प्रमुख अतिथी सशस्त्र प्रहरी नायव महानिरीक्षक, प्रमुख जिल्ला अधिकारी र स्थानिय पालिका प्रमुखहरुले दुबै देशका खेलाडीहरुलाई मेडल तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।
Discussion about this post