काठमाडौँ / नेपाल प्रहरीका ८ जना नायव उपरीक्षक(डिएसपी)को प्रहरी उपरीक्षक(एसपी) पदमा बढुवा सिफारिस भएको छ ।
एसपी पदमा बढुवाका लागि ढकेन्द्र खतिवडा, अंगुर जिरी, यादव ढकाल, सन्तोष तामाङ्ग, श्यामबाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीमा विगत १० महिनाको अवधिमा एसपीका ८ पद नै खाली थिए । प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने भए पनि १० महिनासम्म पद रिक्त थियो ।
रिक्त पद पूर्तीका लागि हिजो बुधबार बसेको बैठकले १२ जना प्रतिस्पर्धीमध्ये ८ जनाको नाम सिफारिस गरेका हुन् ।
Discussion about this post