काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्।
बिहीबार अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन्। उनी २०७९ माघ २३ मा नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचित भएकी थिइन्।
नयाँ गठबन्धन बनेसँगै नेकपा (एमाले) र माओवादीबीच राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष भागबन्डा गर्ने सहमति बनेको थियो। सहमति अनुसार अध्यक्षमा माओवादीका दाहाल छन्।
दुई दलबीच भएको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने उल्लेख थियो। त्यही सहमति पालना गर्न अर्यालले राजीनामा दिएको जनाइएको छ।
Discussion about this post