इलाम / इलाममा तीन दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । इलाम नगरपालिका र विराटनगर आँखा अस्पताल रानी विराटनगरको आयोजनामा शिविर सुरु भएको हो ।
नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र इलामको संयोजन तथा जुविलेन्ट इलाइट एकाडेमीको सहयोगमा शिविर भइरहेको छ ।
पहिलो दिन दुई सय बढीले आँखा जाँच गराएको बताइएको छ ।
शिविरमा १५ सय बढीले सेवा लिने अपेक्षा गरिएको नेपाल नेत्र ज्योति सङ्घ इलामका उपाध्यक्ष विष्णु कार्कीले बताए । उनका अनुसार मोतिया बिन्दु भएका एक सय पचास बढीको शल्यक्रिया गरिने लक्ष रहेको छ ।
शिविरमा आँखाको निःशुल्क शल्यक्रिया समेत हुने भएको छ ।
नेपाल नेत्र ज्योति संघले विभिन्न समयमा जिल्लाका विभिन्न क्षेत्रमा आँखाको निःशुल्क शल्यक्रिया गर्दै आएको छ ।
Discussion about this post