माई / इलामको माई नगरपालिका–२ चेप्टी स्थित माई खोलामा डुबेर एक युवाको शुक्रवार ज्यान गएको छ।
ज्यान गुमाउनेमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ लाल पानीका २१ वर्षीय मुकेश ढकाल रहेको बताइएको छ । लोदिया प्रहरी चौकी दानावारिका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक कैलाश कुमार केसीका अनुसार झापाबाट तीनवटा मोटरसाइकलमा हेप्पी ड्रिम्स चेप्टी घुम्न आएका थिए ।
मृतक ढकाल सहित उनकै सानिमा, मामा र फुपूका छोराहरू हेप्पी ड्रिम्स चेप्टी नजिकै रहेको माई खोलामा पौडी खेल्न गएका थिए। साथीहरू सँग छुटेर पौडी खेल्न गएका ढकाललाई अपराह्न १२ बजे माई खोलाको दहमा मृत अवस्थामा फेला पारिएको बताइएको छ ।
मृतक ढकाल भारत पढ्दै आएको भए पनि केही दिन अघि झापा घर आएका थिए। मृतक ढकालका बुवा भारतमा र आमा दुबईमा रोजगारीमा रहेका छन् ।
ढकाललाई प्रहरी र स्थानीयवासीको सहयोगमा दहबाट निकालेर पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।
Discussion about this post