मन्त्रिपरिषद्को बैठक आज (सोमवार) बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ । साथै सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा समेत छलफल हुने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारबाट आइतबार बाहिरिएको छ ।
Discussion about this post