इटहरी । इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ४ तुलसा टोलस्थित कोसी राजमार्गमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट संखुवासभा आँखिभुइ घर भइ हाल इटहरी ४ बस्ने अन्दाजी ३० वर्षीय सरोज कार्कीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको सामुदायिक अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न मोटरसाइकल चालक संखुवासभा धर्मदेवी ३ का प्रेम ग्याजुङ शेर्पा फरार रहेको प्रहरीले जानकारी दिएको छ । फरार शेर्पाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post