- सुनिता राई
इलाम / आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा इलामको अन्तुमा ुअन्तु महोत्सवुको आयोजना हुने भएको छ । सूर्योदय नगरपालिकाले यही चैत ३० र वैशाख १ गते अन्तु महोत्सव गर्ने भएको हो।
सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात रहेको अन्तुसँगै सूर्योदय नगरपालिकाको पर्यटन विकासका लागि अन्तु महोत्सव गर्न लागिएको सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बरालले बताए ।
महोत्सवमा विभिन्न स्थानीय खाद्य परिकार , लोपोन्मुख लाप्चा जातीको भेष भूषा, संस्कृति प्रदर्शन अन्य विभिन्न जातजातिको सांस्कृतिक झाँकी, स्थानीय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र डिजे सेसन जस्ता कार्यक्रमहरूको आयोजना गरिने नगरपालिकाले जनाएको छ ।
अन्तुमा अहिले शुक्रवार र शनिवार आन्तरिक पर्यटकहरू आउने गरेका छन् तर हरेक दिन अन्तलगायत सूर्योदय नगरभरि पर्यटकहरूलाई स्वागत गर्न सकियोस् भनेर महोत्सवको आयोजना गरिएको र बाह्रमासै देश तथा विदेशका पर्यटकहरूको आगमनका लागि महोत्सव ले सहयोग गर्ने भन्ने आयोजकको अपेक्षा रहेको छ ।
महोत्सव तयारीका लागि नगरले १० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । अन्तुमा होम स्टे होटेल तथा कटेजहरुको व्यवस्था गरिएको छ । साउनदेखि हालसम्म अन्तुमा ६० लाखभन्दा बढी आन्तरिक पर्यटकहरू आएका छन् ।
Discussion about this post