इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले तरहरा देखि धरान सेउती सम्मको सडक निर्माण कार्य तत्काल सक्न निर्देशन दिएका छन् । तरहरा देखि धरान सेउती सम्म सर्वसाधरण यात्रुहरुलाई दैनिक आउजाउ गर्नु सास्ती भएको भन्दै इटहरी प्रमुख पौडेलले तत्काल सडक निर्माण कार्य सक्न निर्देशन दिएका हुन् ।
सवारी आवत जावतमा समस्या हुनेगरेको गुनासो आएपछि नगर प्रमुख पौडेल सहित प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता सहितको टोलिले स्थलगत अनुमगनमा गएर ठेकेदार पक्षलाई तत्काल काम सक्न निर्देशन दिएको हो ।
प्रदेशको व्यापारीक सडकको रूपमा रहेको तरहरा देखि सेउती पुल सम्मको करीब ५ किलोमिटर सडक निर्माणको गति तीव्र पार्न निर्देशन दिएका छौ मेयर पौडेलले भने । रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका प्रमुख इन्जिनियर धनकुमार शाक्यलाई पनि यस अघि नै उपमहानगरपालिकामा नै बोलाएर ६ लेन सडक विस्तारको काम छिटो गर्न भनिएको थियो ।
Discussion about this post