इलाम / आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश केशवप्रसाद घिमिरे तोकिएका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
निर्वाचनका लागि चैत २२ गते इलाम बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि मात्र मतदाता नामावली टुङ्ग्याइने बताइएको छ ।
उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ ।
उपनिर्वाचनका लागि आयोगमा लागि २० दल दर्ता भएका छन् ।
Discussion about this post