Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

विराटनगरमा कोठाभाडा गरी बस्दै आएकी १९ वर्षीया एक युवतीको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका १५ घर भइ विराटनगर बस्दै आएकी एलिसा खड्काको मृत्यु भएको हो ।
खड्काको मृत्यु रहस्यमय शैलिमा भएको प्रहरीले उल्लेख गरेको छ । उनको माघ १८ गते राति रहस्यमय मृत्यु भएको हो ।
युवतीको घाँटीमा निलो डाम देखिएका कारणले उनको मृत्यु रहस्यमय रहेको प्रहरीले आशङ्का गरेको छ ।
विराटनगरस्थित कोसी अस्पतालमा पुर्याएपछि युवतीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना रहस्यमय रहेको कारणले प्रहरीले हस्पिटल पुर्याउने साथी विराटनगर १२ घर भएकी २७ वर्षीया लक्ष्मी राजवंशीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका राजवंशी र मृतक खड्का साथी हुन् ।
उनीहरू लागूऔषध प्रयोगकर्ता पनि रहेको प्रहरीले जनाएको छ ।
माघ १८ गते राति खड्का राजवंशीको घर गएकी थिइन् । उनको घर विराटनगर १२ मा रहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post