Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

विभिन्न सञ्चार माध्यमविरुद्ध अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पार्टीभित्रै आलोचना भएको छ । पार्टीका केही नेताहरुले त सभापति लामिछानेलाई आत्मालोचना गर्न माग गरेका छन् ।
रास्वपा सरकारबाट बाहिरी सकेको छ । उसले सरकारको समर्थन कायमै राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै पार्टी कार्यालय, बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले केही सञ्चार माध्यममाथि गम्भीर आरोपहरु लगाएका थिए ।
सोमबारको बैठकमा नेताहरुले सभापति लामिछानेको आलोचना गरेका थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले सभापतिले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले सार्वजनिक वृत्तमा राम्रो सन्देश नगएको बताएका थिए ।
‘शभापतिले दिएको अभिव्यक्तिले पार्टीलाई घाटा भयो, आत्मालोचना गर्नुपर्छ’ प्रमुख सचेतक सन्तोष परियारले भने ।
पार्टीकै अर्का सांसद गणेश पराजुलीले पार्टीप्रति बुद्धिजिवी वर्गलाई चिढ्याउने काम मात्र भएको उल्लेख गरेका छन । उनले भनेका थिए, ‘तपाईँँको अभिव्यक्तिले हामीप्रति उनीहरु निराश भए । यसले गलत सन्देश गएको छ ।’
सांसद मनिष झाले गृहमन्त्री नपाएकै कारण सरकार छाडेको भनेर सन्देश जानु पार्टीको पनि कमजोरी भएको बताएका छन् ।
पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने सभापति लामिछानेको बचाउ गरेका थिए । गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने र पाएको भए कसलाई पठाउने भनेर पार्टीले निर्णय गर्ने उनको तर्क थियो ।
Discussion about this post