Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

बेला बखर विश्वका ठुला फुटबल क्लब विभिन्न कारणले विवादमा आउने गर्छन् । यसैबीच इंग्लिस क्लब म्यानचेस्टर सिटी एकाएक विवादमा तानिएको छ ।
इंग्लिस क्लब सिटीलाई प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको आरोप लागेकोपछि विवादमा तानिएको हो । प्रिमियर लिगले चार वर्षको अनुसन्धानपछि म्यानचेस्टर सिटीमाथि १०० भन्दा बढी आर्थिक नियम उल्लंघन गरेको आरोप लगाएको बताइएको छ ।
प्रिमियर लिगले सिटीलाई सन् २००९ देखि २०१८ को बीचमा कथित नियम उल्लंङघनको लागि एक स्वतन्त्र आयोगलाई पठाएको छ । सन् २०१८ को डिसेम्बरमा अनुसन्धान सुरु भएदेखि सिटीले अनुसन्धानमा कुनै सहयोग नगरेको पनि आरोप लगाएको छ ।
यता सिटिले भने उक्त आरोप गलत भएको बताएको छ । हाल पनि अनुसन्धान चलिरहेको छ । यदि अनुसन्धानमा क्लब दोसी सावित भए आयोगले जरिवाना र अंक कटौतीदेखि प्रिमियर लिगबाट निष्कासनसम्मको सजाय तोक्न सक्ने बताइएको छ ।
Discussion about this post