विराटनगर । विराटनगरको तास खालमा प्रहरीले मङ्गलवार साँझ छापा हानेको छ । तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१२ का वेदनिधि दाहालको घरमा सञ्चालित तासको खालमा साँझ ५ बजेतिर प्रहरीले छापा हानेको हो ।
तास खेलिरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट डिएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले दाहालको घरमा छापा हानेको थियो । त्यस क्रममा तास खेलिरहेका १० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ का ४० वर्षीय किसन श्रेष्ठ, ३० वर्षीय अजय मण्डल, २९ वर्षीय आर्यन कामत, ३६ वर्षीय दीपक सहनी, ६५ वर्षीय देवेन्द्रबहादुर सुब्बा, ५३ वर्षीय वेदनिधि दाहाल, विराटनगर–११ का ३५ वर्षीय दीपक सहनी, २७ वर्षीय अनीश अधिकारी, ५० वर्षीय बाबुराम कट्टेल र विराटनगर–१० का ३७ वर्षीय रामबाबु राय रहेका छन् ।
पक्राउ परेकाहरूको साथबाट १ सय ५० भारतीय रुपैयाँसहित ८२ हजार ४ सय ३० रुपैयाँ नगद र १ सय ५६ पत्ती तास बरामद भएको डिएसपी जोशीले बताए । उनका अनुसार पक्राउ परेका विरुद्ध जुवा ऐनअन्तर्गतको मुद्दा चलाइने छ
Discussion about this post