सुनसरी / सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।
शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।
सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।
चैत २२ गते बिहीबार हरिनगर गाउँपालिका ३ का जिवन मेहतामाथि भएको आक्रमण र त्यसपछिको असहज झडपको अवस्थालाई ध्यानमा राखेर शुक्रबार मध्यानबाट अनिश्चितकालीन कर्फ्यु जारी गरिएको कामु प्रजिअ फुयालले जानकारी दिए ।
कर्फ्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने कामु प्रजिअ फुयालले जानकारी दिए ।
बिहीबार मुस्लिम युवाहरुको आक्रमणमा घाइते भएका हरिनगर गाउँपालिका ३ का जिवन मेहताको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मेहताको अवस्था खतरामुक्त रहेको छ । भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ ।
निषेधाज्ञा पालना नगरेमा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही गरिने सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सुचना
Discussion about this post