काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समीक्षामा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् ।
आइतबार नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै डा.खतिवडाले यस्तो सुझाव दिएका हुन् । उनले बजेटको साख जोगाउने गरी अनुमानयोग्य र विश्वसनीय अनुमान गरी बजेट ल्याउन आवश्यक रहेको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसको आधारमा बजेट नबनाउनु पर्नेमा जोड दिए । उनले यदि त्यो स्थिति आउँछ भने संसदमा पूरक बजेट पेस गरेर मात्रै लागू गर्नुपर्ने बताए । उनले संसदले पास गरेको विनियोजन ऐन, संसदले पास गरेको बजेटका आधारमा तय भएका राजश्वलाई ठूलो अनुपातमा घटाउँदै जाँदा कानुनको पद्धति, सरकार बजेटको सम्बन्ध र जनताको सामु बजेटको सार गिर्ने बताए ।
बजेटको सार र साँख नगिर्ने गरी यथार्थपरक बजेट निर्माण गर्नुपर्ने उनको सुझाव थियो । उनले बजेट अनुमान गर्दा चालु वर्षको आधारलाई यर्थाथ परक बनाउन नसके गत वर्षकै जस्तो हुने बताए । उनले गत वर्ष राजश्वलाई बजेटको आधार बनाउँदा अहिले अर्थमन्त्रीलाई समस्या भएको बताए ।
उनले भने ‘बजेटको साँख नगिराऔँ । अनुमानयोग्य कुराहरूलाई मात्रै अनुमान राखौँ । विश्वसनीय कुरा मात्रै राखौँ । यस्ता समिष्टगत आर्थिक परिसूचकलाई बढी अनुमान गरेर त्यसको आधारमा बजेट नबनाऔँ ।
अर्धवार्षिक समीक्षामा १० प्रतिशत भन्दा बढीका हिसाबले कटौती गर्नु वा राजश्व घटाउनुपर्ने स्थितिमा नजाऔँ । यदि त्यो स्थिति आउँछ भने संसदमा पूरक बजेट पेस गरेर मात्रै लागू गरौं ।
संसदले पास गरेको विनियोजन ऐन, संसदले पास गरेको बजेटका आधारमा तय भएका राजश्वलाई हामीले बीचमा ठूलो अनुपातमा घटाउँदै गयौँ भने कानुनको पद्धति,सरकार बजेटको सम्बन्ध र जनताको सामु बजेटको सार गिर्छ । त्यो सार नगिराउनको लागि यथार्थपरक बजेट निर्माण गरौं ।
अंशहरूले अर्थाथ पूरक अनुमान गरौं । अनुमान गर्दा चालु वर्षको आधारलाई यथार्थ परक बनाऔँ । यो नगर्ने हो गत वर्षको जस्तो बजेट हुन्छ । राजश्व बढ्दैन भन्ने थाहा हुँदा हुँदै लक्ष्य १४२२ पुर्याउनै पर्यो त्यो कारणले बढाई दिऊ भनेर वेस नै इन्फेण्ड गरेर सबै राजश्वको आधार बनाएकाले अहिलेका अर्थमन्त्रीलाई ठाउँको दुखाई भयो । यस्तो नहोस् । बजेटको आधार बलियो बनाऔँ । जग राम्रो नभएको घर राम्रो बन्दैन । बजेट पनि राम्रो बनाउन सकिन भने भोलि ढल्न सक्छ ।’ उनले बजेटको आधार बलियो बनाउन सकिन भने बजेट पनि ढल्नसक्ने दाबी गरे ।
Discussion about this post