Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) असन्तुष्ट बन्न थालेको छ । पार्टीको विचार र सिद्धान्तमाथि प्रधानमन्त्रीबाट पटक–पटक प्रहार भएको भन्दै राप्रपाका केही नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
१० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा समर्थन गरेको राप्रपा न्यूनतम साझा कार्यक्रम आएपछि मात्र सरकारमा गएको थियो । २७ पुसमा सार्वजनिक विदा दिनुपर्नेसहित राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने शर्तलाई न्यूनतम साझा कार्यक्रमले त्यसलाई सम्बोधन गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा गएको थियो ।
लिङ्देन उपप्रधान तथा उर्जामन्त्री छन् भने विक्रम पाण्डे शहरी विकास र ध्रुवबहादुर प्रधान कानुनमन्त्री छन् भने दिपक सिंह उर्जा राज्यमन्त्री छन् । बाग्मती र प्रदेश १ मा पनि राप्रपा सरकारमा सहभागी छ ।
तर, पछिल्लो समय आफूहरुलाई अवमूल्यान गर्न खोजिएको राप्रपा नेताहरुको गुनासो छ । प्रदेश सरकारमा समेत सम्मानजनक सहभागिता नभएको भन्दै राप्रपाले असन्तुष्टी जनाउदै आएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री प्रधानले एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर १० माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा सम्बोधन गर्दा स्पष्टीकरण सोध्न सक्ने बताएका थिए । प्रधान्मन्त्रीको उक्त अभिब्यक्ती बाहिरा आउदा नै राप्रपा चिडिएको थियो ।
गृहमन्त्री नपाएपछी रवि लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिसकेको छ । सरकारबाट बाहिरिएको भए पनि पर्धानमन्त्री प्रचण्डलाई गरेको समर्थन भने यथावत नै छ ।
Discussion about this post