Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज अन्तिम दिन विश्वासको मत लिने तयारी गरेका छन् । बिश्वासको मत प्राप्त गर्ने निश्चित नभएका कारण रावलले विश्वासको मत लिने आट गर्न सकेका थिएनन् ।
तर, विश्वासको मतबाट टाढिने समय आजबाट सकिएको छ । आज पनि उनले विश्वसको मत नलिए मुख्यमन्त्रीको पद स्वत गुम्ने छ । सोहिकारण पनि रावलले आज विश्वासको मत लिने तयारी गरेका हुन । तर, अझै पनि उनी विश्वासको मत प्राप्त गर्ने कुरामा निश्चिन्त हुन सकेका छैनन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् ।
नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । रावलले विश्वासको मत प्राप्त नगरेको खण्डमा सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा आउने छ ।
नाउपाले टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नेता रेशम चौधरीलगायतका नेताहरुलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने अडान लिएको छ ।
नाउपाले साथ नदिए मुख्यमन्त्री रावलले विश्वासको मतका लागि आवश्यक बहुमत संख्या २७ पुर्याउन नसक्ने भएकाले उनी संकटमा छन् ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।
एमाले नेता रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ (४) अनुसार उनले विश्वासको मत लिने बिहीबार (आज) अन्तिम दिन हो ।
संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । यदि आज रावलले विश्वासको मत नपाए सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्ने बाटो खुल्ने छ ।
विश्वासको मत लिनका लागि बिहीबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ ।
Discussion about this post