इटहरी । आगामी शनिबार उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन हुदैंछ । व्यावसायीका साना देखि ठुला समस्यालाई मुख्य चुनावी एजेन्डा बनाएर अध्यक्ष पदका लागि मैदानमा चारजना प्रतिष्पर्धामा छन् । व्यावसायीको छाता संगठनमा आज सम्म कुनै महिला नेतृत्वमा पुग्न सकेका छैनन् ।
यस अघि चार पटक सम्म उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य तथा कोषाध्यक्ष भएर काम गरेकी गायत्री कटुवाल (भण्डारी) यो पटक अध्यक्ष पदमा प्रतिष्पर्धा गर्दैछिन् । लामो समय रेडिमेट व्यावसाय गर्दै आएकी कटुवाल इटहरीमा सबैसगँ परिचित छिन् । ब्यक्ति भन्दा संस्थालाई मान्यता दिने गायत्री यस पटकको निर्वाचनमा जित निकाल्ने तिब्र तयारीमा छिन् ।
विगतका निर्वाचनमा अघोषित रुपमा पार्टीले एक ब्यक्तिलाई उठाउने गरेको थियो । यो पटक पार्टीले निर्णय दिन नसक्दा काङ्ग्रेस भित्र नै दुई समुह सक्रिय रुपमा लागेका छन् । कटुवाल तर्फ नेपाली काङ्ग्रेस इटहरी उपमहानगर समिति खुलेर लागेको छ । तर, पार्टीका नेता अर्काे खेमातर्फ लागेका छन् । यसरी पार्टी भित्र नै समस्या देखिनुले निर्वाचनमा के कस्तो असर पार्छ ? चुनावी मुख्य एजेन्डा कस्ता छन् ? लगायतमा बिषयमा रहेर अध्यक्ष पदकी उम्मेदवार गायत्री कटुवालसगँ प्रदेश खबरका लागि हाम्रा संवाददाताले गरेको कुराकानीको सम्पादित अशं:
चुनावको मिति नजिकिदैंछ, तयारी के कस्तो छ ?
अहिले बिशेष गरी व्यवसायीहरुसगँ भेटघाट, उहाँहरुको समस्या टिपोर्ट लगायतका काममा ब्यस्त छु । अध्यक्षको लागि पुरा तयारी छ । व्यवसायीको इच्छा अनुसारको काम गरि रहेको छु ।
तपाई चार पटक सम्म संस्थामा रहेर काम गर्दाको अनुभव कस्तो रह्यो?
२०६९ साल देखि यो संस्थामा पहिलो पटक महिलाको प्रतिनिधित्व गर्दै म पुगेको हो । सो समयमा अध्यक्ष रोहित प्रसाई हुनुहुन्थ्यो । उहाँकै कार्यकालमा महिलालाई अघि बढाउनु पर्छ भनेर संस्थाको विधान संशोधन गरी महिलालाई अनिवार्य २ जना बनाउने काम गरँे । १० वर्ष भित्रमा धेरै समितिमा संयोजक रहेर काम गरें । ति सबै काममा सफल भएको छु । रेडिमेट व्यवसायीको आफ्नै वस्तुगत संस्था दर्ता बनाएर संस्थापक अध्यक्ष भएर काम गरेँ । अहिले कोषाध्यक्ष भएर काम गर्दा अध्यक्षको भुमिका के हो ? संस्थामा रहेर आर्थिक पाटो के कस्तो रहेछ थाहा पाएँ । चार पटक सम्म संस्था बुझे, अब नेतृत्वमा पुगेर काम गर्छु भन्ने लागेको छ ।
पार्टीले तपाईलाई सघाउने घोषणा गर्याे, तर धेरै नेता तपाई विरुद्ध हुनुहुन्छ, यसले घाटा, फाइदा कसलाई होला ?
नाफा घाटा भन्दा पनि व्यावसायीको समस्यामा बोल्ने नेतृत्व खोजेको हो । धेरै व्यवसायीको चाहना थियो म अध्यक्ष हुनु पर्छ भन्ने । त्यसै अनुसार म एक वर्ष अघि देखि तयारी छु । ३० वर्ष सम्म पुरुषले चलाएको संस्था एउटा महिलालाई चलाउन किन नदिने ? म समितिमा बसेर काम गरेको ब्यक्ति हो । एक पटक महिलालाई सबैले सहयोग गर्नु पर्छ भन्ने थियो । उहाँहरुले हतार गर्नु भयो । जो जो उम्मेदवार बन्नु भएको छ । उहाँहरु प्रति सम्मान छ । व्यावसायीको संस्थामा कुन नेता कता लाग्नु भन्ने दोश्रो कुरा हो, तर व्यावसायी मेरो पक्षमा हुनुहुन्छ ।
हरेक नेतृत्वले संस्थालाई राजनितिक भर्याङ बनाउनु भयो, व्यापारीको समस्यामा मौन बस्नु भयो भन्ने आरोप लाग्छ नि ?
यो सत्य हो । म यो समस्या चिर्न चाहन्छु । मेरो बाउबाजेले गर्दै आएको व्यावसाय हो । मैंले निरन्तरता दिदैं यहाँ सम्म आएको हो । मेरो नसा नसामा व्यवसाय छ । म राजनितिक खुड्किलो बनाउँदिन । जति सक्दो व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्नेछु ।
तपाई संस्थाको कोषाध्यक्ष रहँदा व्यवसायीले तिरेको करबाट उपमहानगरलाई शौचालय दिनु भयो, के यो सहि थियो ?
इटहरी उपमहानगरलाई शौचालय हस्तान्तरण गरियो । तर मैंले विरोध गरेँ । मेरै कारणले धेरै पटक बैठक समेत बस्न सकेन । व्यावसायीले तिरेको करबाट उहाँहरुके हितका लागि काम गर्नु पर्छ भन्ने मेरो मान्यता थियो । नेतृत्वले मान्न तयार हुनु भएन । त्यति धेरै रकम खर्चेको सम्पति आज बुढी खोला किनारमा फ्याकेको अबस्था छ । म खुसी छैन ।
निर्वाचन महङ्गो भयो, सामान्य व्यापारीले आटँ गर्ने अबस्था रहेन भन्ने आरोप लाग्न नि ?
यो समस्या भित्रिएको दुई तिन कार्यकाल अघि देखि हो । यो विकृति हो । पैसा हुने मात्रै अध्यक्ष पदाधिकारी हुने देखिदैं आएको छ । सामान्य व्यापारी चुनावमा उठ्नै नसक्ने अबस्था छ । यसलाई म तोड्छु । क्षमतावान तथा कम लगानी गरेका व्यापारी साथीहरुलाई सहज हुने वातावरण बनाउँछौं ।
चुनावी एजेन्डा के के छन् ?
घरबाहल कर र सवारी पार्किङ मुख्य एजेण्डा हो । सरकारले लगाएको नियमलाई हामी तोड्ने अबस्थामा छैंनौ । घरबहाल कर घरधनीले तिर्नु पर्ने हो तर व्यावसायीले तिरि राख्नु भएको छ । यसको कार्यान्वयन गराउन स्थानीय सरकारसगँ समन्वय गर्छाै ।
इटहरीलाई सुन्दर सहर बनाउनु राम्रो कुरा हो । हाम्रो पनि समर्थन छ । अहिलेको अध्यक्ष ज्युले पनि हस्ताक्षर गर्नु भएको छ । तर हामीलाई थाहा छैन । कसैसगँ समन्वय गर्नु भएन । पछि सम्मको अध्ययन नगरी हतारमा विकल्प नदिई नियम लगाइयो । पार्किङका कारण धेरैको व्यापार ठप्प छ । नगर प्रमुखसगँ मैले छलफल गरेको छु । सल्लाह गरेर मिलाउँछौ भन्नु भएको छ । म भोलिको दिनमा अध्यक्ष भए भने पार्किङको समस्या समाधान गर्छु । फुटपाथ व्यवसाय गर्नेलाई उचित स्थान दिलाउन समन्वय गर्ने भुमिकामा म हुन्छु ।
Discussion about this post