इटहरी । नेपाली समाजमा उच्च अध्ययन गरेपछि सरकारी जागिर खानै पर्छ । अथवा धेरै रकम खर्च गरेर बाहिरी देश जानै पर्छ जस्ता अघोषित मानसिकतामा तपाई हामी बसिरहेका छौं । आफ्नो देशमा केही गर्छु नभन्ने तर बाहिरी देश गएपछि आईपरेका जे जस्ता काम गर्न पनि हामी तयार हुन्छौं ।
यति भनिरहँदा नेपालमा जस्तो सुकै व्यवसाय गरेपछि आम्दानी हुन्छ भन्ने सोच्नु पनि गलत हो । अझ भन्ने हो भने नेपालमा कुनै व्यापार, व्यवसायमा लागेर धेरैको घरबहार विहिन भएको तथा बैंकको ऋण तिर्न नसक्दा हुने परिणामको साची तपाई हामी नै हो । तर बजारको माग, आफुँले अध्ययन गरेको विषय तर्फ नै व्यापार व्यवसाय गर्न सके नेपालमा धेरै संभावना छन् भन्ने प्रष्ट पार्छ ।
तिनै मध्येका एक हुन्, छोटो समयमा व्यवसायबाट स्थापित इटहरीका ढुण्डीराज गुरागाई । तेह्रथुमबाट इटहरी झरेर १० वर्ष अघि देखि इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका उनी अहिले व्यापारबाट राम्रो आम्दानी गरिरहेका छन् ।
२०६९ सालमा संगित चौक दक्षिण लोटस गल्लीको एक सानो पसल देखि गरेको व्यावसायले उनलाई सबैमाझ परिचित बनाएको छ । ३५ वर्षीय गुरागाईलाई परिवारको साथ सहयोगले आफ्नो व्यापार बिस्तार गर्दै धरानलाईनमा सिंह देवी सप्लायर्स चलाई रहेका छन् । अन्य तिन व्यावसाय सञ्चालनमा छन् । हिजो सम्म खुद्रा व्यापारमा सिमित रहेका अहिले पुर्बका विभिन्न जिल्लामा सामान निर्यात गर्दै आएका छन् ।
गुराँगाई अर्धशास्त्र विषयमा स्नातक तह पास गरेका खेलकुद क्षेत्रमा समेत सक्रिय छन् । व्यवसायलई आम्दानी सगैं समाज सेवाको भावले लागेका गुराँगाई समाजमा हुने हरेक गतिबिधिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् । उनी लायन्स क्लब इटहरी सिटिजन्सको उपाध्यक्ष छन् ।
आगामी माघ २८ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनमा रञ्जु सिग्देलको प्यानलबाट वाणिज्य तर्फको उम्मेदवार बनेका छन् । युवा व्यावसायी तथा पुराना व्यावसायीको राम्रो साथ पाएका उनी आफुँ नेतृत्वमा पुग्नेमा विश्वस्त देखिन्छन् । युवा पुस्ताको प्रनितिनिधित्व गर्ने उद्देश्यले चुनावमा होमिएका उनी जित निकाल्न सके । रात्रीकालीन, बजार घरबहाल कर, सवारी पार्किङ आफ्नो चुनावी एजेन्डा रहेको गुराँगाईको भनाई छ ।
Discussion about this post