इटहरी । घरको आर्थिक अबस्था, लगानी गरेवापत उत्पादन नहुनु,नेपालमा गरेको कामप्रति आफै विश्वास नगर्नु जस्ता कारण उच्च शिक्षा अध्ययन गरेर बाहिरी देश जाने युवाको समुह दिनानुदिन बढ्दो छ । तर, बाहिरी देशमा अध्ययन गरेर नेपालमा आएर आफुँ रोजगार बन्ने मात्रै हैन अन्यलाई पनि रोजगार दिने ब्यक्ति भने कमै छन् । तिनै मध्येका एक हुन् इटहरीका सिनेट रिजाल ।
छिमेकी देश भारतको दार्जिलिङमा कक्षा १० सम्म अध्ययन गरेका रिजाल अहिले आफ्नै देशमा केही गर्नु पर्छ भन्ने उद्देश्य लिएर विभिन्न पेसा सम्हाल्दै आएका छन् । कक्षा ११, १२ भारतको दिल्लीमा सकेर नेपाल फर्किका उनले स्नातक तह पोखरा युनिभर्सिटिबाट गरेका हुन् । त्यसलगत्तै थाइल्यान्डमा दुई वर्षको अध्ययन सकेर फर्किएका रिजाल आफ्ना अघिल्लो पुस्ताले गर्दै आएको व्यावसायसगैं नयाँ पेसामा संलग्न छन् ।
सन् २०१६ देखि एमडी मोर्टस इटहरी, एसडि फुटसल, एसडि कृषि फर्म टर्फ स्पोट्स बार, सरस्वती पार्टी प्यालेस र रिजाल भिजन लगायतका व्यावसाय चलाउँदै आएका छन् । ३० वर्षीय सिनेट आगामी माघ २८ गते अर्थात् भोलि (शनिबार) हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावमा जीवन पराजुलीको प्यानलबाट वाणिज्य तर्फको उम्मेदवार बनेका छन् । विदेशमा अध्ययन गरेको शिप आफ्नै देशमा खर्चेर व्यावसायमा लागेका उनी परिवारका अन्य सदस्य पनि व्यावसायमा रहेकाले काम गर्न सहज भएको बताउँछन् ।
युवामाझ निकै लोकप्रिय रहेका सिनेट आफुँ चुनाव जितेको खण्डमा व्यापारीको संस्थालाई चलायमान बनाउने बताउँछन् । पेपरलेस संस्था बनाउने योजनालाई आत्मसात गर्दै प्रबिधिलाई नजिकबाट नियालेका डिजिटल प्याटफर्मबाट व्यावसायीले कर तिर्ने ब्यबस्था मिलाउने उनको योजना छ । विभिन्न वस्तुगत संस्थालाई सम्बन्धित क्षेत्रका विज्ञसगँ राखेर समस्या सुन्ने र ति समस्यालाई समाधान गर्ने समेत योजना रहेको उनको दाबी छ । युवालाई क्षमताको कदर गर्दै त्यस्ता ब्यक्तिलाई रोजगार दिने उनको भनाई छ ।
उनले इटहरीलाई गुणस्तरिय व्यापारीको हब बनाउने लगायतको योजना रहेको बताए । रिजाल व्यावसायी मात्र नभई सामाजिक सस्थामा समेत सक्रिय छन् । उनी लायन्स क्लब अफ इटहरी मनकामना, नेपाल युवा उद्यमी मञ्च सुनसरी राष्ट्रिय फुटसल संघको केन्द्रिय समितिमा आबद्ध छन् ।
Discussion about this post