काठमाडौं । अभिनेता तथा निर्माता हरिहर अधिकारी पेशाले ज्योतिष हुन् । उनी विशेषत युवा पुस्ता माझ ज्योतिषका रुपमा लोकप्रिय छन् । यिनै हरिहरले निर्माण र अभिनय गरेको फिल्म ‘ह्रस्व दीर्घ’ यसै वर्षको असोज ११ गते रिलिज हुँदैछ ।
अभिनेता हरिहरले बुधबार परेको आफ्नो जन्मदिनको अवसर पारेर आफ्नो फिल्मीफस्टलुक सार्वजनिक गरेका छन् ।
फस्टलुकमा हरिहरलाई दुई वटाअवतारमा प्रस्तुत गरिएको छ । एउटामाउनलाई लामो कपालमाछालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ । अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’माछन् ।
यस अघि निर्माण पक्षले कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो । प्रेम कथा रहेको यो फिल्मको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा हुनेछ ।
द्वन्द्व निर्देशनमा स्थापित निर्देशक चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा हरिरहर अधिकारीको कथा र कविरलालको छायांकन छ ।
अभिनेत्री नीता ढुंगानाको समेत निर्माण र अभिनय रहेको फिल्ममा विपना थापा, गरिमा शर्मा सहित बलिउड का नाम चलेका केही कलाकारको अभिनय छ ।
Discussion about this post