विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सामुहिक रुपमा हुने कुनै पनि गतिविधिमा रोक लगाएको छ । अर्को सूचना जारी नभएसम्म जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको छ । विराटनगर १५ र १७ नम्बर वडामा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै भेला, सम्मेलन र धार्मिक गतिविधिमा रोक लगाएको हो ।
बुधबार रामनवमीका अवसरमा सहभागी दुई समूहबीच विवाद भएको थियो । विवाद चर्किदै गएपछि झडपको स्थिति सृजना भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । थप झप र हिंसाको सम्भावनालाई रोक्न प्रशासनले कुनै पनि सामुहिक गतिविधिमा रोक लगाएको हो ।
जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वयन नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत सबै प्रकारको भेला, प्रदर्शन कार्यक्रम नगर्न÷नगराउन,’ सूचनामा भनिएको छ ।
Discussion about this post