गत चैत महिनामा मात्रै ७० हजार ९ सय ३३ जना बिदेसिएपछि चालू आवमा मात्र बिदेसिनेको संख्या ७ लाख ५० हजार नाघ्ने अनुमान गरिएको छ ।
चैतमा मात्रै ७१ हजार नेपाली बिदेसिए
वैदेशिक रोजगार विभागको तथ्यांकनुसार चालू आवको साउनमा ५५ हजार ५ सय ७५ जना नेपाली बिदेसिएका थिए । भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५ जना, कात्तिकमा ४३ हजार ६ सय २२ जना, मंसिरमा ७१ हजार २ सय ७६ जना, पुसमा ६५ हजार ८ सय १३ जना, माघमा ६२ हजार १ सय ४७ जना र फागुनमा ६५ हजार ६ सय ५८ जना बिदेसिएका थिए ।
चैत महिनामा बिदेसिनेको संख्या मंसिरपछिकै उच्च हो । चालू आवको तथ्यांकमा मंसिरमा सबैभन्दा बढी अर्थात् ७१ हजार २ सय ७६ जना बिदेसिएका थिए ।
चाडपर्व र बिहे व्रतबन्धजस्ता गतिविधि वैशाखबाट कम हुँदै जाने भएकाले आगामी तीन महिनामा श्रमस्वीकृति लिनेको संख्या बढ्ने गरेको विगतको तथ्यांक रहेको छ ।
गत आवमा ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएका र यस वर्ष पनि सोही हाराहारीमा पुग्ने अनुमान विभागको रहेको छ । चैत महिनामा सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्समा जानेको संख्या रहेको छ ।
सो मुलुकमा १७ हजार ८ सय १८ जना पुगेका छन् । यसैगरी, साउदी अरबमा १३ हजार ६ सय ४१ जना गएका छन् । मलेसियामा १२ हजार ६ सय २ जना नेपाली श्रमिकका रूपमा गएका छन् । त्यस्तै, कतारका लागि ११ हजार २ सय ४ जनाले श्रम भिसा पाएका छन् । कुवेतमा मात्रै जानको संख्या ४ हजार ७६ रहेको छ ।
नयाँ श्रम गन्तव्यका रूपमा उदाउँदै गरेको युरोपियन मुलुक रोमानियामा चैतमा मात्र २ हजार ३ सय जना गएका छन् । क्रोएसियामा ९ सय ६० र साइप्रसमा ७ सय ८१ जना गएका छन् । यसैगरी, सर्बियामा २ सय ६७ र यूकेमा २ सय ३२ जना नेपाली श्रम भिसामा गएका छन् ।
युरोपियन मुलुकमा समेत श्रम भिसामा जानेको संख्या बढेसँगै आगामी वर्षमा पनि नेपाल आउने रेमिट्यान्स वृद्धि हुने अनुमान गरिएको छ ।
कोभिडको समयमा गरिएको लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आएपछि डेढ वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्या हरेक महिनाजसो बढ्न थालेको छ ।
गत साउनपछि मासिक औसत ६० हजार वैदेशिक रोजगारका लागि बिदेसिएको र वैशाखबाट बिदेसिनेको संख्या प्रतिमहिना ७० हजारभन्दा कम नहुने अनुमान गरिएको छ ।
तथ्यांकनुसार चैत महिनाको रोजगारीका लागि ७० हजार ९ सय ३३ जना नेपाली विश्वका १ सय १ मुलुकमा पुगेका छन् । जसमा पुरुषको संख्या ६४ हजार २ सय ४१ र महिलाको संख्या ६ हजार ६ सय ९२ रहेको छ ।
यो संख्या पुनः श्रम स्वीकृति लिएर जाने र नयाँ श्रम स्वीकृति लिएर जानेहरूको हो । नयाँ श्रम स्वीकृति लिएर जानेको मात्र संख्या कुल ४२ हजार ४ सय ९० रहेको छ ।
विभागको तथ्यांकनुसार जापानका लागि १ हजार ३ सय ५१ जना, माल्दिभ्सका लागि ४ सय ९३ जना, मौरिससका लागि ६ सय २० जना र दक्षिण कोरियाका लागि ६ सय ५७ जनाले श्रम स्वीकृति पाएका छन् ।
तथ्यांकनुसार चैत महिनामा बिदेसिनेमध्ये उच्च सीप भएका ६६ जना, प्रोफेसनल कामदार ४ सय ८२ जना, अर्धदक्ष ५ हजार ६ सय ८४ जना र दक्ष कामदार ५१ हजार ३ सय २८ जना रहेका छन् । चैत महिनामा १३ हजार ३ सय ७३ जना अदक्ष कामदार श्रम भिसामा मुलुकबाट बाहिरिएका छन् ।
बिदेसिने कामदारमा सबैभन्दा बढी संख्या तराईतिरका रहेका छन् । चैतमा धनुषाबाट मात्रै ४ हजार २ सय ६ जना बिदेसिएका छन् ।
यसैगरी, झापाबाट ३ हजार १ सय ८२, सुनसरीबाट २ हजार ४०, महोत्तरीबाट २ हजार ८ सय ८४, मोरङबाट ३ हजार ५३, रूपन्देहीबाट २ हजार २ सय ३४, सप्तरीबाट २ हजार २ सय २२, सर्लाहीबाट २ हजार २ सय ७५, सिरहाबाट ३ हजार २ सय ७९ रहेका छन् ।
सबैभन्दा कम वैदेशिक रोजगारीमा जानेमा हिमाली जिल्लाका रहेका छन् । मनाङबाट तीन जना विदेशी मुलुकमा श्रमका लागि जाँदा मुगुबाट ७ र मुस्ताङबाट ८ जना बिदेसिएका छन् ।
वैदेशिक रोजगारीमा गएका श्रमिकसँगै ज्यान गुमाउने श्रमिकको संख्या पनि बढ्दो क्रममा रहेको छ । चालू आव २०८०–८१ को आठ महिनामा १ हजार २ सय ५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका थिए भने आव २०७९–८० मा १ हजार २ सय ८ जनाले ज्यान गुमाएका थिए ।
वैदेशिक रोजगार बोर्डबाट सहायतासहित आठ महिनाको अवधिमा दर्ता भएका श्रमिकहरूमा अधिकांश साउदी अरबमा गएका कामदार रहेका छन् ।
साउदी अरबबाट ५ सय १४, मलेसियाबाट ३ सय ३३, कतारबाट १ सय २३ र संयुक्त अरब इमिरेट्स (यूएई)बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनासम्म ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
नयन एडभरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित
प्रधान कार्यालय : इटहरी ६, सुनसरी, कोशी प्रदेश
शाखा कार्यालय : ललितपुर २७, सुनाकाेठी, बागमती प्रदेश
मोबाइल : ९८५१०५१९९६,९८५२०४८९९६७
इमेल : khabarprades@gmail.com
पान नं. : ६०६८०४३५६
अध्यक्ष/सम्पादक : पवन अधिकारी
मुख्य संवाददाता : मनाेज दाहाल
संवाददाता : गंगादेवी गाैतम
प्रेस काउन्सिल सूचीकरण नम्वर : ३७२४/२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३७३६/२०७९/०८०
© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana
Discussion about this post