काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
पार्टी कार्यालय, बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । पूर्व सहमतिअनुसार गृह मन्त्रालय नपाएसम्म सरकारमा सहभागी हुन नसक्ने निर्णय गरेको हो ।
गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन । पछिल्लो पटक उच्चस्तरीय राजनीतिक समितिको बैठकमा रास्वपाले चितवन २ मा उपचुनावको उम्मेदवार माग गरेको थियो भने सत्तारुढ दलका नेताहरुले सरकारमा आउन आग्रह गरेका थिए ।
चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । सोमबारको बैठकले उपचुनाव घोषणाको स्वागत गरेको छ र, चुनावमा जान तयार रहने निर्णय गरेको छ ।
चितवन २ को उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय भएको छैन, तर सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा कुनै विवाद नभएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
Discussion about this post