झापा- पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको में ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए । मृतकहरुको पहिचान खुलेको छैन ।
विपरीत दिशाबाट आएको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनैजनाको उपचारका लागि अस्पताल लगिएको थियो। चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका छन् । प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए।
Discussion about this post