भोजपुर- भोजपुरमा जारी सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर फाइनलको अन्तिम खेलमा आयोजक जिल्ला फुटबल सङ्घ भोजपुरलाई हराउँदै चर्च ब्वाइज युनाईटेड काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोजपुरलाई सुन्यको विरुद्ध तीन गोल गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । क्रमशः खेल सुरु भएको ५, ११ र २७ औ मिनेटमा चर्च ब्वाइजका खेलाडी इल्लारा एस डिक्का, अवोयोमी र नवीन लामाले गोल गरेका थिए ।
यता आयोजक भोजपुरले निकै प्रयास गरे पनि गोल भने गर्न सकेनन् । यस्तै व्यक्तिगत विधातर्फ म्यान अफ दी म्याच चर्च ब्वाइजका जर्सी नंं ११ का नवीन लामा घोषित भए उनलाई नगद पाँच हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
भोजपुरको रंगशालामा आइतबारबाट भएको क्वाटर फाइनलको पहिलो खेलमा आर्मीसँग जर्जीयन फुटबल क्लब भारत , दोस्रो खेलमा खोटाङ भगवती क्लबसँग राजारानी फुटबल क्लब धनकुटा, तेस्रो खेलमा सलहेश युवा क्लब सिराहासंग डाँगीहाट यूथ क्लब मोरङ र चौथो खेलमा चर्च ब्वाइजसंग आयोजक भोजपुर पराजित भएको हो ।
भोलीबाट सुरु हुने सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी र खोटाङ भगवती क्लब बिच प्रतिस्पर्धा हुनेछ भने पर्सी सलहेश युवा क्लब सिराहा र चर्च ब्वाइज युनाईटेड काठमाडौँ बिच प्रतिस्पर्धा हसने छ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् ।
Discussion about this post