Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

ग्याँस सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ ।
कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए ।
चिकित्सकहरुको सिफारिस अनुसार भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ ।
सुरुमा भण्डारीले स्वदेशमै उपचार गर्न पाए हुन्थ्यो भनेका थिए । तर डाक्टरहरुले यहाँको स्रोत साधनले नभ्याउने बताएका छन् । राजनीतिक दलका नेताहरुले पनि उनलाई भारत गएर उपचार गराउन भनेपछि भण्डारी भारत जान तयार भएको उनको पारिवारीक स्रोतले बतायो ।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
Discussion about this post