इलाम । इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य जारी छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो तीन बजेसम्म करिब ५१ प्रतिशत मत खसेको छ।
कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
शान्तिपूर्ण रुपमै अहिलेसम्म मतदान कार्य चलिरहेको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए ।
Discussion about this post