काडमाडौँ । याक्थुङ फिल्म्स प्रालिद्वारा निर्मित लिम्बू कथानक चलचित्र ‘चे’को छायांकन सकिएको छ ।
पाँचथरको फिदिम र फालेलुङ गाउँपालिकामा छायांकन गरिएको चलचित्र आगामी साउनबाट प्रदर्शनमा आउनेछ ।
आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउनेबीचको द्वन्द्वात्मक कथालाई ‘चे’को रूपमा चित्रण गरिएको प्रालिका प्रबन्ध निर्देशक सागर केरुङले जानकारी दिए ।
याक्थुङ आदिवासीको समाधिस्थलको अवसानपछि याक्थुङ समुदायमा चे र लास प्रमुख समस्याका रूपमा रहेको बताइएको छ । मृत्यु शाश्वत कुरा भए पनि मृत्युपछि गरिने समाधिस्थल नपाउँदा लास नै प्रमुख समस्या विषयलाई उठाइएको छ । चलचित्र चे साउन एक गते सिसेक्पा तङ्नामदेखि देश तथा विदेशमा प्रदर्शनमा ल्याइने केरुङले बताए ।
चलचित्रको कथा लेखन, निर्देशन तथा निर्माता केरुङ नै रहेका छन् । यसैगरी, सागर केरुङ, विमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ सुब्बा ताम्लिङलगायत कलाकारको अभिनय रहेको छ ।
Discussion about this post