विराटनगर । विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरी प्रतिवदी रहेको जवरजस्ती करणी मुद्दामाउच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । न्यायधीश श्री धराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रत्यर्थी (प्रतिवादी) भिकाउने आदेश गरेको हो ।
४ कात्तिक २०७६ राति साढे १२ बजे चतरा स्थीत जगतगुरु रामानान्दचार्य सेवा पीठ नामक आश्रममासिद्धबाबा राम कृष्णचार्य वैष्णव कृष्ण दास भनिने कृष्णबहादुर गिरीले जवरजस्तीकरणी गरेको दाबीसहित उनकै अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
अनुयायी बलात्कार आरोपको मुद्दामा जिल्ला अदालत सुनसरीले गत २७ भदौ २०८० मा गिरीलाई सफाई दिएको थियो । एउटै मुद्दामा गिरीले सफाई पाएको योदोस्रो पटक थियो । त्यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश (हाल उच्च अदालतकान्यायाधीश) अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाई दिएको थियो ।तरउच्च अदालत विराटनगरले पून प्रमाण बुझेर फैसला गर्नु भन्दै जिल्लामै मुद्दा फर्काइदिएपछि जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाई दिएको थियो ।
जिल्लाको फैसला विरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो ।उच्च अदालतले प्रतिवादीलाई झिकाउने आदेश जारी गरेको रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार अदालतको आदेशपछि अब प्रतिवादीका नाममा म्याद जारी हुनेछ ।
४ कात्तिक २०७६ मा काठमाडौँबाट आएकी महिला अनुयायीलाई आफ्नो कुटीमा बोलाएर करणी गरेको दाबीसहित ११ मंसिर २०७६ मा प्रहरीमा जाहेरी दर्ता भएको थियो । मध्यरातमा गिरीले भेट्न आउनु भनेर बोलाएपछि गएकी महिलालाई जवरजस्तीकरणी गरेको आरोप छ ।
अदालतमागिरीले महिलासँग गरेको सम्वादलाई अडियो प्रमाणको रुपमा पेश गरिएको थियो ।तर मुख्य प्रमाणको रुपमापेश भएको‘अडियो रेकर्ड’परीक्षण गर्ने व्यक्तीको योग्यता नै नपुगेकोउल्लेख गर्दै गिरीलाई सफाई दिने फैसलागरेको थियो ।
जिल्ला अदालतको फैसलापछि सार्वजनिक मुद्दाको पूर्णपाठमा अडियो रेकर्डको आवाज मिले पनि परीक्षण गर्ने नेपाल प्रहरीका कर्मचारीले कुनै विश्वविद्यालयबाट डिग्री नलिएको र अडियोको विश्वसनियतामा पनि प्रश्न उठेका कारण प्रमाणको रुपमा ग्रहणगर्न नमिल्नेउल्लेख छ ।
पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सिद्धबाबाले विराटनर्सिङहोमको वेडबाटमहिलालाई फोन गरेर ‘अब त्यस्तो (बलात्कार)हुँदैन्,त्यस्तो भयो भने लिङ्ग काटेर फालीदिन्छु’ भन्दै माफी मागेको अडियो सार्वजनिक भएको थियो ।
प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा सिद्धबाबाको आवाजसँग प्रमाणको रुपमा पेश भएको अडियो ७६.९ प्रतिशत मिलेको थियो । तर अदालतमा वकपत्र गर्दा परीक्षण गर्ने प्रहरी अधिकृतले अडियो परीक्षणको तालिम लिएको तर कुनै विश्व विद्यालयबाट अडियो अनुसन्धानमा डिग्री नलिएको बयान दिएका थिए । परीक्षण गर्ने अधिकृतको डिग्री नभएकाकारण प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने फैसला गरेको थियो ।
‘प्रहरीले परीक्षणका लागि पठाएको अडियो रेकर्ड परीक्षण गरी प्रतिवेदन दिने विशेषज्ञले अदालतमा उपस्थीत भइ बकपत्र गर्दा आफूले मान्यताप्राप्त विश्वविद्यालयबाट अडियो परीक्षण सम्बन्धी कुनै डिग्री प्राप्त गरेको छैन, नेपाल प्रहरीद्वारा सञ्चालन गरिएको अडियो फरेन्सिक तालिम प्राप्त गरेको छु, हामीलाई प्राप्त अडियो रेकर्ड सिडी परीक्षण गरीदिएका हौं, शंकित व्यक्तीको भ्वाइस रेकर्ड जाँच गर्दा ७६.९ प्रतिशत भ्यालु आएको थियो ।
अडियोफाइलको सोर्स थाहा भएन कुनडिभाइसमारेकर्ड भएको हो भन्न सक्दिन, ओरिजिनल रेकर्ड के कति पटक ट्रान्सफर÷कपी गरेको थाहा भएन… भनि लेखाएको देखिन्छ,’ पूर्णपाठमा भनिएको छ,‘….जाहेरी परिसके पछि प्रमाण सृजना गर्ने अभिप्रायले नियोजित रुपमा प्रतिवादी सिद्धबाबा प्रहरीहिरासतमा रहेको अवस्थामा २०७६ मंसिर १३ गते भोला बरालको मोबाइलबाट सिद्धबाबालाई जाहेरवालीसँगफोनमा कुरा गर्न लगाईजवरजस्ती स्वयम प्रतिवादीले बोलेको आफ्नो पतिको मोबाइलमा रेकर्ड गरी प्रमाण लगाईँपाउ भनिनिवेदनसाथ अडियो रेकर्ड उपलब्ध गराएको देखिन्छ,प्रतिवादी सिद्धबाबाको स्वर रहेको भनिएको अडियो रेकर्ड अनुसन्धान अधिकारीले प्रतिवादीको ओरिजिनल अडियोरेकेर्ड बरामद गरी फरेन्सिक जाँचका लागिपठाएको देखिदैन, जाहेरवालीले नियोजित रुपमा प्रतिवादीको भ्वाइस रेकर्ड गरेर आफू अनुकल इडिट गरी अडियो रेकर्ड प्रहरीलाई उपलब्ध गराई सोही अडियो रेकर्डलाई जाँच गर्न पठाएको देखिन्छ यसरी जाहेरवाली र प्रतिवादीबीच भएको भनिएको अडियो रेकर्ड जाँच गरी प्राप्त प्रतिवेदनलाई भरपर्दाेर विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन् ।’
Discussion about this post