इलाम / प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरले अगाडि छन् । सुहाङले ११ हजार ७८ मत पाउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३२४ मत प्राप्त गरेका छन् ।
सुहाङ खड्का भन्दा ३ हजार ७५४ मतले अगाडि छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ६ हजार ९०९मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५१२ मत पाएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।
Discussion about this post