इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ६ हजार ४३९ पुगेको छ । पछिल्लो परिणाम अनुसार उनले १९ हजार ११४ मत पाएका छन ।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत प्राप्त गरेका छन । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले ३ हजार २४२ मत ल्याएका हुन। शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।
Discussion about this post