विराटनगर । प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड ले मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीको शाखामा बिमा गराएका कटहरी गाउँपालिका वडा नम्बर ४ का नरेश कुमार कामतको आमा जिन्दा देवी कामतलाई १० लाख ४६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।कामतले १० लाख को साबधिक बिमा लेख लिएका थिए ।
आर्थिक बचत तथा आर्थिक सुरक्षाका लागि बिमा गराएका कामतको बिमा गरेको केही महिना पछि आकस्मिक मृत्यु भएको थियो । बिमितको निधन पछि हकवाला निजकी आमा जिन्दा देवी कामतलाई बिमा बापतको रकम रु १० लाख ४६ हजार रकम कम्पनी का कोशी प्रदेश प्रमुख पुष्कर भट्टराई ले हस्तान्तरण गरेका हुन ।
दाबी भुक्तानी कार्यक्रममा शाखाका प्रमुख सन्तोष राई एजेन्सी मेनेजर निलम ढुङेल तथा वडाका वडा अध्यक्ष श्री जिब्नेश्वर यादव साथै अन्य जनप्रतिनिधि लगायत को उपस्थिति रहेको थियो ।
दाबी भुक्तानी दिँदै क्षेत्रीय प्रमुख भट्टराईले भवितव्य पर्दा बिमा कम्पनी ले कसरी छिटोछरितो रूपमा दाबी भुक्तानी दिन्छ र बिमाका महत्वको बारेमा प्रकाश पारेका थिए ।
Discussion about this post