काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध भूवलडाँडामा एक युवकले ‘श्रीमतीको हत्या गरेँ’ भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ घर भई भूवलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् ।
उनले आफूले श्रीमती ३५ बर्सिया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन् । सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बयान दिएका छन् ।
अनिशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
Discussion about this post