विराटनगर । काेशी प्रदेशकाे मन्त्रिपरिषद् बैठक शुक्रबार बसेकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बैठक बसेकाे हाे ।
मुख्यमन्त्री केदार कार्कीकाे अध्यक्षतामा २०८१ सालकाे पहिलाे बैठक बसेकाे छ । बैठकले ७ वटा निर्णय गरेकाे काेशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यलयबाट प्रस्ताव भएकाे काेशी प्रदेशकाे दाेस्राे आवधिक याेजनाकाे अवधरणा पत्र स्वीकृत गर्ने निर्णय भएकाे छ ।
साथै इलाम ,ताप्लेजुङ्ग , साेलुखुम्बु, तेह्रथुम खाेटाङ्ग र भाेजपुर जिल्लामा भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्रकाे संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय भएकाे छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कूटनैतिक राहदानी सिफारिस , प्रहरी चाैकी भवनहरुकाे मर्मत सम्भार गर्ने निर्णय भएकाे मन्त्री राईले बताए । बैठकले भाैतिक पूर्वाधार विकास मन्त्रालयकाे फाेहाेर मैला व्यवस्थापन रणनीति साझेदारी कार्यविधि-२०८० स्वीकृत भएकाे छ ।
त्यस्तै, कटारी अस्पताललाई ५० शैयाकाे प्रदेशस्तरीय अस्पतालमा स्तराेन्नति गर्ने एवं पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष २०७९/ ०८० मा भुक्तानी दिन छुट भएका तीनवटा याेजनाहरुकाे रकम भुक्तानी दिने निर्णय भएकाे मन्त्री राईले बताए ।
Discussion about this post