इटहरी । इटहरी क्षेत्रमा रहेर कपडा तथा सिलाई व्यवसायीहरु लाई महासंघ अन्र्तगत पहिलो नगर कार्य समिती चयन गरेको छ ।
उद्योग वाणिज्य संघको सभाहलमा भएको ब्यवसायी भेला तथा कार्य समिती चयन कार्यक्रममा कपडा तथा सिलाई व्यवसायी संघ इटहरी नगर समिती गठन भएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका विशिष्ट सदस्य भाईसन वर्देवाको अध्यक्षता तथा महासंघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टंकमणी न्यौपाने (रविन)को अध्यक्षतामा कार्य समिती चयन भएको हो ।
त्यसैगरी – उपाध्यक्षमा उपेन्द्र दर्जी , महेश सेवा, पूजा बोहोरा,रमेश रत्न, कोषाध्यक्ष निलिमा पराजुली, सचिवमा सुमित्रा भट्टराई सह सचिव सह कृषा विष्ट, निर्मल अधिकारी र सदस्यहरुमा विशाल परियार ,कोपिला निरौला अन्सारी,कृष्ण वहादुर परियार,उमा धिमाल,सरु शर्मा, नविन नेपाली, नारायण श्रेष्ठ,मोहमद सामसद, तविता सुनाम, विशाल परियार रहेका छन् ।
सर्वसम्मत निर्वाचित नँया कार्य समिती सदस्यहरु लाई कार्यक्रका प्रमुख अतिथी श्रेष्ठले प्रमाण पत्र प्रदान गर्दै सपथ खुवाएका थिए ।
सिलाई ब्यवसायीहरु लाई संगठित गराएर ब्यवसायीक हकहित र ब्यवस्थित बनाउने उद्धश्यले संगठन विस्तार गरिएको कार्यक्रमका अध्यक्ष भाईसन बर्देवाले जानकारी दिए ।
सोही समितीका सल्लाहकारहरुमा भाइसन बर्दवा, अजय अधिकारी,सुरेश भट्टराई, गोपालमान तिखत्री, नविन विकल्प, अनुप गौतम रहेका छन ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष फिरोज अली,उद्योग वाणिज्य संघ कोशी प्रदेश सचिव मिना ढकाल, कपडा तथा सिलाई व्यवसायी महासंघ मोरङ अध्यक्ष भगत परिवार,सुनसरी अध्यक्ष पर्शुराम कार्की डोली, राष्ट्रिय महिला उद्यमी कोशी प्रदेश सम्योजक तारादेवी अधिकारी लगायतको सहभागिता रहेको थियो भने सोही कार्यक्रममा कपडा तथा सिलाई व्यवसायीमा आबद्ध राष्ट्रिय महिला उद्यमीको पनी कोशी प्रदेश नँया कार्यसमिती चयन गरिएको छ ।
Discussion about this post