बेलबारी । मोरङको बेलबारी नगरपालिका देशभरका नगरपालिकाहरुमध्ये उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको छ ।
फागुन २ गते काठमाण्डौमा भएको कार्यक्रममा नगर बिकास कोषले बेलबारी नगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा प्रशंषापत्रद्धारा सम्मानित गरेको हो । बेलबारी नगरपालिका सँगै पुरानो ५८ वटा नगरपालिकामध्येबाट ईलाम नगरपालिकालाई समेत सम्मान गरिएको छ ।
नगरबिकास कोषले गरेको मुल्यांकनका आधारमा बेलबारी नगरपालिका पुरस्कृत भएको बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले जानकारी दिएका छन । नगरपालिकाले गरेको बित्तिय कारोबार,आन्तरिक स्रोत बढोत्तरीका लागि नगरपालिकाले गरेका प्रयासहरु,भवन निर्माणमा लिएको ऋण भुक्तानीका क्रममा नगरले देखाएको पारदर्शिता,कामको प्रगति लगायतका बिषयहरु उत्कृष्ट भएका कारण नगरपालिका पुरस्कृत भएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिएका छन ।
कार्यक्रममा नगरप्रमुख राई,प्रमुख प्रशासकीय अधिकृत गणेशराज काकी,लेखा अधिकृत धनमाया रार्ई लगायत सहभागी भएका थिए । नगर बिकासले गरेको मुल्यांकनले आफुहरु थप उत्साहित भएको बेलबारी नगरपालिकाकी लेखा अधिकृत राईले बताईन ।
Discussion about this post