Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ । खेल बिहान टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल आजको खेलमा पनि जित निकाल्दै लगातार तेस्रो जितको खोजीमा हुनेछ । उता नामिबिया पनि नेपाल भ्रमणमा पहिलो जित निकाल्ने लक्ष्यमा हुने छ ।
नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई नेपालले तीन विकेटले पराजित गरेको थियो ।
नेपालले लगातार दोस्रो दिन खेल्दैछ भने नामिबियाले दुई दिन विश्राम पछि खेल्न लागेको हो ।
नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ । उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । गुलशन झाको स्थानमा स्पिनर सूर्य तामाङमालाई खेलमा डेब्यू दिनसक्छ । अन्य परिवर्तनको सम्भावना छैन ।
Discussion about this post