इटहरी । सुनसरीको ईटहरीमा नेपाल युवा उद्यमी मञ्चको आयोजनामा स्वास्थ्यको लागि खेलकुद,खेलकुदको लागि स्वास्थ्य भन्ने मुल नाराका साथ (कर्पोरेट फुटसल बस २०२३ ) शुरु भएको छ ।
शनिबार बिहान एक कार्यक्रमका बिच ईटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले खुट्टाले फुटबल हानेर बिधिबत उदघाटन गरे । शनिबार र आईतबार २ दिन प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश १ का १४ वटा टिमहरु सहभागी भएको जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख र दोस्रो हुनेले ४० हजार र सर्बोत्कृष्ट खेलाडीले ८ हजार पुरस्कार पाउनेछन् ।
https://www.facebook.com/pradeskhabar/videos/572856488214370
Discussion about this post