Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
हाल भारतको मुम्बईमा उपचाररत भण्डारीलाई दिँदै आएको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको भण्डारीसँगै भारतमा रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।
भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिस्राले आजबाट पाइप मार्फत खाना दिने बताएको पनि कँडेलले जानकारी दिए ।
भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ देखिएको बताइएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो ।
नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।
Discussion about this post