इलाम – इलाम जिल्लाको विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलामको सूर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ वर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नम्बरको अटो सहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
त्यस्तै प्रहरी चौकी तिन घरे इलामबाट खटिएको प्रहरी टोलीले सूर्योदय-११ स्थितबाट लागुऔषध गाँजा ४ के.जी. सहित स्थानीय ३१ वर्षीय देवेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post