इटहरी । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिबेशनबाट सचिव पदमा सुनसरीकि आरती भट्टराई विजयी भएकी छिन् । विद्युतीय भोटिङबाट शुक्रबार राती भएको निर्वाचनमा ५२५ मत सहित विजयी भएकी हुन् ।
सानै उमेर देखि विद्यार्थी राजनितिमा सक्रिय भट्टराई मनोहर जनता माध्यमिक विद्यालय मोरङमा अनेरास्ववियुको तर्फबाट अध्यक्ष भएकी थिइन् । विद्यार्थीको हक अधिकारका निम्ति अग्र भागमा उनी मोरङ निर्वाचन क्षेत्र नम्बर १ अनेरास्ववियु कमिटी सचिव भइन् । बसोबास सुनसरी भएपनि विद्यार्थी राजनिति मोरङबाट गरेकी उनी अनेरास्ववियु मोरङ जिल्ला सदस्य भईन् । पछि सचिवालय सदस्य एबम् महिला बिभाग सचिवमा रहेर सक्रिय भुमिका निर्वाह गरेकी भट्राई मोरङ जिल्ला कमिटी सह सचिव भइन् । जिल्लामा सक्रिय रहेकी उनी अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य भइन् । लगत्तैं सुनिता बराल अध्यक्ष भएको केन्द्रिय कमिटिमा सचिवालय सदस्य एबम बिराटनगर महानगर इन्चार्ज भएकी थिइन् । स्थायी घर सुनसरी भएकी भट्टराई नेकपा एमाले जिल्ला कमिटि सदस्य छिन् । उनी हाल समिक बडाल अध्यक्ष रहेको कमिटिमा सचिव पदमा निर्वाचित भएकी छिन् ।
Discussion about this post