इटहरी । सुनसरीको इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले इटहरीको मोर्डन प्रिपेटरी सेकेन्डरी बोर्डिङ्ग स्कुलमा निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ । मोर्डन प्रिपेटरी सेकेन्डरी बोर्डिङ्ग स्कुलको सहकार्यमा उक्त शिविरको आयोजना गरिएको हो ।
स्कुल अध्ययन गर्दै गरेका विद्यार्थीहरुको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ आँखा शिविरको आयोजना गरिएको अस्पतालका अध्यक्ष वरिष्ठ नेत्र विशेषज्ञ डा.विजय गौतमले बताए ।
आँखा शिविरमा ३७३ जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आँखामा दृष्टि दोष , मांसपेशीको समस्या एलर्जी देखिएका ४९ बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि नवदृष्टि आँखा अस्पताल इटहरी रेफर गरिएको थियो । पछिल्लो समय विद्यार्थीहरूले मोबाइल तथा डिजिटल माध्यमहरूको जथाभाबी प्रयोग बढेपछि आँखाका बिरामीहरू निकै बढ्दै गएका छन् ।
आँखा सम्बन्धी सचेतना जगाउँदै निःशुल्क परीक्षण समेत गर्दे आएको नवदृष्टिले पूर्वी पहाडी जिल्लाहरू,सङ्खुवासभा,भोजपुर,धनकुटा सम्मका बिरामीहरूको आँखा परीक्षण गर्दे आएको जनाएको छ ।
परीक्षणका क्रममा विद्यार्थीहरूमा मायोपिया अर्थात् अदुरदष्टिका बिरामीहरू बढी देखा पर्ने गरेको अस्पतालले जनाएको छ । विद्यालय तहकै विद्यार्थीहरूमा उक्त रोग देखिन थालेपछि अस्पतालले विभिन्न जिल्लाका विद्यालयहरूमा समेत आँखा शिविर गरी परीक्षणलाई तीव्रता दिएको नेत्र विशेषज्ञ राकेश थापाले बताएका छन् ।
Discussion about this post