इटहरी । इटहरी उपमहानगरपालिका ४ न. वडामा रहेको सिटी मन्टेश्वरी स्कुलले विविध कार्यक्रहरुको आयोजना गर्दै अभिभावक दिवस सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिका युवा शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत फाल्गुणी प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम साथै बिध्यार्थीहरुमा भएका प्रतिभाहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै इटहरी उपमहानगरपालिका युवा शिक्षा तथा खेलकुद महाशाखा अधिकृत फाल्गुणी प्रसाद काफ्लेले अध्ययन अध्यापनसँगै बिध्यार्थीहरुमा रहेको प्रतिभालाई बिध्यालयहरुले नै पहिचान गरी सोहीअनुसारको शिक्षा दिन आवस्यक रहेको बताए ।मन्टेश्वरीका अध्यक्ष समेत रहेका लेखनाथ घिमिरेले आजका बालबालिका भोलीका कर्णधार भएको उल्लेख गर्दै आजैबाट जग बलियो बनाएर अघि बढाउन आवस्यक रहेको उल्लेख गरे ।
२०६९ साल फागुन ४ गतेबाट ६ जना बिध्यार्थीबाट सुरु गरिएको मन्टेश्वरीमा हाल २ सय १० जना बिध्यार्थीहरु रहेको मन्टेश्वरीका उपाध्यक्ष जिवन घिमिरेले जानकारी दिए । कार्यक्रममा मन्टेश्वरीकी प्रधानध्यापक निर्मला गुरागाईले स्कुलको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रको अवसर पारेर समाजसेवी कमल राईलाई सम्मान समेत गरिएको थियो ।
Discussion about this post