विराटनगर । काेशी प्रदेशसभाकाे विश्वासकाे मतमा राप्रपा तटस्थ बस्ने भएकाे छ ।
पार्टीको प्रदेश संसदीय दलकाे बैठकले तटस्थ बस्ने निर्णय लिएकाे हाे । दलका नेता भक्तिप्रसाद सिटौलाले विश्वासकाे मतकाे पक्ष वा विपक्ष कतै पनि मत जाहेर नगर्ने बताए ।
आजकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।
तर, ११ बजे बाेलाइएकाे बैठक अहिलेसम्म बस्न सकेकाे छैन । त्यस्तै राप्रपा दलकाे बैठकले प्रमुख सचेतकमा सविना बजगाईं र
उपनेतामा प्रेमराज थाम्सुहालाई चयन गरेकाे छ ।
यसअघि अम्बरबहादुर विष्ट प्रमुख सचेतक थिए । उनी सभामुख भएपछि त्याे पद खाली थियाे ।
Discussion about this post