काठमाण्डौ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको अडानपछि एमाले–माओवादी केन्द्रसहितको सत्ता गठबन्धन धरापमा परेको छ।
भावी राष्ट्रपतिका लागि नेम्वाङलाई राष्ट्रपति बनाउनेमा ओली असहमत देखिएपछि प्रचण्डले सुझावका रुपमा पेस गरेका एमालेका नेताहरुमा अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली छन्। तर यी नेताहरुलाई ओली बनाउन तयार छैनन् ।
पटक–पटक भएका कुराकानीमा समेत राष्ट्रपति उम्मेदवारबारे सहमति जुट्न नसकेपछि प्रचण्डले ओलीलाई नै राष्ट्रपति बन्न प्रस्ताव समेत गरेका छन्। तर, प्रचण्डको यो प्रस्ताव पनि ओलीले अस्वीकार गरेका छन्।
Discussion about this post