ईलाम । इलामका दश वटा स्थानीय तहमा एक अर्बभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्बजनिक गरेको प्रतिवेदनमा इलामका चार नगरपालिका र ६ गाउँपालिका मध्ये सबैभन्दा धेरै बेरुजु माई नगरपालिकामा देखिएको छ । यो नगरमा ४६ करोड ८६ लाख ९६ हजार रुपैयाँ बेरुजु देखिएको हो । कम बेरुजु हुने पालिकामा चुलाचुली गाउँपालिका रहेको छ । यो पालिकामा ५ करोड ८७ लाख १० रुपैयाँ बेरुजु देखिएको छ ।
माई नगरपालिकापछि धेरै बेरुजु इलाम नगरपालिका र माई जोगमाई गाउँपालिकामा देखिएको छ । माई नगरपालिकामा २२ करोड ८० लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ भने माई जोगमाई गाउँपालिकामा १५ करोड ८७ लाख ९२ हजार रुपैयाँ वेरुजु देखिएको छ । त्यस्तै सूर्याेदय नगरपालिकामा १३ करोड ४३ लाख ६५ हजार रुपैयाँ बेरुजु देखिएको छ भने रोङ गाउँपालिकामा १२ करोड १० लाख १० हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यता माङ्सेबुङ गाउँपालिकामा ९ करोड ८७ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै फाकफोकथुम गाउँपालिकामा ८ करोड ४१ लाख ७५ हजार रुपैयाँ बेरुजु देखिएको छ भने सन्दकपुर गाउँपालिकाको बेरुजु ६ करोड ५५ लाख ६० हजार रुपैयाँ रहेको छ । उता देउमाई नगरपालिकाको बेरुजु रकम ६ करोड १५ लाख १४ हजार रुपैयाँ देखिएको छ ।
महालेखाको प्रतिवेदन २०७९ अनुसार माई नगरपालिकाको गतवर्ष बेरुजु रकम ४२ करोड ९९ लाख ९ हजार रहेको र यस वर्ष समायोजन र सम्परीक्षणबाट फछ्र्यौट एवम् यो वर्ष कायम भएको बेरुजु समेत हालसम्मको अद्यावधिक बेरुजु ४६ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको हो । माई नगरपालिकामा श्रोतसाधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दी अनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदान रकमको पर्याप्त अनुगमन नभएको, बितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ ।
इलामका आठ वटा स्थानीय तहले नियम बिपरीत अनधिकृत रुपमा करारमा कर्मचारी नियुक्त गरेर धेरै रकम बेरुजु गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८३मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्य बोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा संगठन संरचना गरी स्थायी प्रकृतिको काम तथा सेवा करारबाट लिइने कर्मचारीको दरवन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरवन्दी सृजना गर्न नसकिने व्यवस्था हुँदाहुँदै इलामका आठ स्थानीय तहले आफू खुशी कर्मचारी नियुक्त गर्दा ३ करोड २० लाखभन्दा बढी रकम बेरुजु देखिएको हो ।
माई नगरपालिका
माई नगरपालिकामा पाँच जना कर्मचारी नियम बिपरीत नियुक्त गरेको पाइएको छ । यो नगरमा नियुक्त गरिएका कर्मचारीलाई दिइएको तलबभत्ताको १७ लाख १४ हजार ३ सय ९० रुपैयाँ रकम बेरुजु देखिएको छ । माई नगरपालिकाले एक जना सवइञ्जिनियर, असिस्टेन्ट सबइञ्जिनियर ३ जना र ल्याव टेक्निसियन एक जना गरी करारमा ५ जना कर्मचारी नियुक्त गरेको हो ।
फाकफोकथुम गाउपालिका
फाकफोकथुम गाउँपालिकाले आठ जना करारमा कर्मचारी नियुक्त गरी २९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ तलव भत्ता उपलब्ध गराएको छ । यो गाउँपालिकाले एक जना इञ्जिनियर, सब इञ्जिनियर ४ जना, असिस्टेन्ट सबइञ्जिनियर २ जना र कम्प्युटर अपरेटर १ गरी आठ जना कर्मचारी नियुक्त गरेको हो ।
रोङ गाउपालिका
रोङ गाउँपालिकाले २७ जना करारमा कर्मचारी नियुक्त गरेको पाइएको छ । यो पालिकाले सबै भन्दा धेरै कर्मचारी १२ जना सहायक कम्प्युटर अपरेटर राखेको छ भने २ जना इञ्जिनियर, २ जना नाप्रसेप्रा, १ जना खेल प्रशिक्षक, एक जना आइटी अफिसर, एक जना प्राविधिक सहायक, एक जना आर्केटिक इञ्जिनियर, एक जना अमिन र एक जना वाली संरक्षण पदमा कर्मचारी नियुक्त गरेको हो । उनीहरुका लागि पालिकाले बर्षभरिमा २७ लाख ४७ हजार रुपैयाँ तलवभत्ता प्रदान गरेको छ ।
देउमाई नगरपालिका
देउमाई नगरपालिकाले ७६ जना करारमा कर्मचारी नियुक्त गरेको पाइएको छ । यो नगरपालिकाले कर्मचारीका लागि तलवभत्ता बापत एक करोड २७ लाख ४० हजार ९ सय ६४ रुपैयाँ खर्च गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ ।
त्यसैगरी सोही ऐनको दफा ८३(८) बमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक,सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैँचे लगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद बाहेकको इञ्जिनियर १ जना, खरिदार २ जना, असिस्टेन्ट सवइञ्जिनियर एक जना, खेल शिक्षक २ जना, सहायक कम्प्युटर अपरेटर १० जना, अमिन १ जना, ना.प्रा.स. १ जना, फार्मेसी असिस्टेन्ट एक जना, ल्याब टेक्निसियन १, रेडियोग्राफी १, अहेव २, अनमी १, हेल्थ असिस्टेन्ट एक जना गरी २४ जना कर्मचारीलाई प्रदान गरेको तलव ८३ लाख ७६ हजार ८ सय १० रुपैयाँ बेरुजु देखिएकाले सो रकम फिर्ता गर्न महालेखाले निर्देशन दिएको छ ।
सूर्याेदय नगरपालिका
सूर्याेदय नगरपालिकाले नियम बिपरीत ८९ जना करारमा कर्मचारी राखेको पाइएको छ । उनीहरुका लागि पालिकाले ७४ लाख ७७ हजार ७ सय ७० रुपैयाँ तलबभत्ता उपलब्ध गराएको छ । यो रकम सबै बेरुजु देखिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर, पालिकाले विभिन्न पदमा ८९ जना कर्मचारीहरु करारमा राखी २ करोड ५७ लाख ६४ हजार सय ५ रुपैयाँ खर्च लेखेको छ ।
त्यसैगरी सोही ऐनको २०७४ को दफा ८३(८) बमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैंचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको १२ सहायक कम्प्युटर अपरेटर, २ जना इञ्जिनियर, २ जना नापसेप्रा, एक जना खेल प्रशिक्षक, एक जना आइटी अफिसर, १ जना प्राविधिक सहायक, १ जना आर्किटेक्ट इञ्जिनियर, १ जना अमिन र १ जना बाली संरक्षण पदमा करार नियुक्ति गरी बर्षभरिमा रु. ७४ लाख ७७ हजार ७ सय ७० रुपैयाँ भुक्तान गरेको रकम फिर्ता गर्न महालेखाले निर्देशन दिएको छ ।
इलाम नगरपालिका
इलाम नगरपालिकामा ८१ जना करारमा कर्मचारी राखेर ४४ लाख ८७ हजार ९ सय १० रुपैयाँ तलब भत्ता प्रदान गरेको पाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८३मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । पालिकाले विभिन्न पदमा ८१ जना कर्मचारीहरु करारमा राखी रु.१ करोड ८२ लाख ६१ हजार ७ सय ३१ रुपैयाँ खर्च लेखेको छ ।
त्यसैगरी सोही ऐनको दफा ८३(८) मा पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्वर, इलेक्ट्रिसियन, चौकिदार, माली, बगैँचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद बाहेकको सवइञ्जिनियर ४, कम्प्युटर अपरेटर ५, सहायक कम्प्युटर अपरेटर ५, अमिन १, ना.प्रा.स. १ गरी १६ जना करारमा नियुक्त गरी बर्षभरिमा उनीहरुका लागि तलबभत्ता सुविधा बापत ४४ लाख ८७ हजार ९ सय १० भुक्तानी गरेकाले उक्त खर्च नियमसम्मत नदेखिएको महालेखाले जनाएको छ ।
चुलाचुली गाउपालिका
चुलाचुली गाउँपालिकाले नियम विपरीत नियुक्त गरेको तीन जना कर्मचारीलाई १४ लाख १५ हजार ९ सय ३० रुपैयाँ तलबभत्ता उपलब्ध गराएको पाइएको छ । यो पालिकाले अनमी १, कानूनी सल्लाहकार १ र कृषि शाखा परामर्श एक जना गरी तीन जना कर्मचारी नियुक्त गरेको हो ।
माङ्सेबुङ गाउपालिका
यो गाउँपालिकाले विभिन्न पदमा ७६ जना करारमा कर्मचारी नियुक्त गरेको छ । त्यसमध्ये १२ जना कर्मचारीलाई दिइएको पारिश्रमिक बेरुजु देखिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । पालिकाले विभिन्न पदमा ७६ जना कर्मचारीहरु करारमा राखी १ करोड २७ लाख ४० हजार ९ सय ६४ रुपैयाँ खर्च लेखेको छ ।
त्यसैगरी सोही ऐनको दफा ८३(८) बमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैँचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको, अहेव ४, अनमी ५, भाषिक कर्मचारी १, अमिन १, सामाजिक परिचालक १ गरी १२ जना कर्मचारी करारमा नियुक्त गरी निजहरुलाई दिइएको तलबभत्ता बापतको २८ लाख ३ हजार ४० रुपैयाँ रकम बेरुजु देखिएको हो ।
Discussion about this post