काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं . ९ क्षेत्रीय कार्यसमितिले बुधवार पार्टीका जिम्मेवार पदाधिकारी तथा सदस्यहरू र पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ।
९ नम्बर क्षेत्रीय कार्यसमितिले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र कालु पाण्डे समाधिस्थलमा आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा क्षेत्रमा भएका योजना कार्यान्वयनको अवस्था, बजेटको स्थिति र सङ्गठन सुदृढीकरण लगायतका विषयमा छलफल भएको थियो।
पार्टीको काठमाडौँ ९ नम्बर क्षेत्रीय सभापति जयकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा केन्द्रीय सदस्यद्वय ध्यान गोविन्द रञ्जित र नानु वास्तोला, पार्टीका पूर्वकेन्द्रीय सदस्य किरण गिरी, महासमिति सदस्यहरू रीता ढकाल दवाडी, सुमन श्रेष्ठ, सुरेश परियार, धर्मराज गौतम, कल्याणी खड्का, गोमा गुरुङ, अमिता प्रधान, सुधा रिजाल, दिलमाया अधिकारी र शैलेस कर्माचार्यको उपस्थिति रहेको थियो।
सो अवसरमा केन्द्रीय सदस्यसहित महासमिति सदस्यहरूले महासमिति बैठकमा राखेका प्रस्तावका विषयमा जानकारी गराउँदै क्षेत्रमा भएका विकास निर्माण र जनप्रतिनिधिहरूले स्थानीय तहमा गरेका विकास निर्माणका अभिलेखीकरण गर्नु पर्ने सुझाव दिएका थिए।
त्यस्तै, पार्टीका जिल्ला कोषाध्यक्ष राजेन्द्र बुढाथोकी, जिल्ला सदस्य शुक्र तामाङ, महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमितिका पूर्व उपसभापति गौरीप्रसाद दवाडी, बासु कार्की, उज्ज्वल बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, श्यामकृष्ण खड्का, रामेश्वर भट्टराई, लब ढुङ्गाना, प्रदेश सभापति मोहनकुमार बस्नेत र राजेन्द्र प्रसाद भट्टराई, पार्टीको नागार्जुन नगर सभापति दुर्गाप्रसाद गौतमले पार्टीले क्षेत्रमा गरेका क्रियाकलाप र गतिविधि तथा सङ्गठन परिचालनका विषयमा धारणा राखेका थिए।
पार्टीका निर्वाचित नगरका जनप्रतिनिधिहरू कामनपा १२ का वडाध्यक्ष वालकृष्ण महर्जन, कामनपा १४का वडाध्यक्ष सुमन श्रेष्ठ, चन्द्रागिरि नगरपालिका १ का वडाध्यक्ष हरिश्याम राना मगर, चन्द्रागिरि १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री, चन्द्रागिरि १२ का वडा सदस्य प्रदीप अधिकारी, नागार्जुन नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्रराज गिरी, नागार्जुन ९का वडाध्यक्ष रामकृष्ण भट्टराई, १० का वडाध्यक्ष सुन्दर बहादुर केसी लामिछाने लगायतले वडामा योजना तर्जुमा गर्दा र बजेट खर्च गर्दा पार्टीको वडा समितिसँग समन्वय गरिएको बताए।
सो अन्तरक्रिया कार्यक्रममा काँग्रेसका क्षेत्रीय सचिव वन्दना खड्का, क्षेत्रीय सदस्य माधव न्यौपाने, अनिल लामा, दीपक भट्टराई स्थानीय तहका वडा सभापतिहरू, बुद्धिजीवी, शुभेच्छुक र संचारकर्मीहरु सहभागी थिए।
काठमाडौँ ९ नम्बर क्षेत्रीय सभापति जयकृष्ण महर्जनले पार्टीका सङ्गठनहरू क्रियाशील भए पनि वडाहरू पार्टीका भ्रातृ संस्थाहरूको क्रियाशीलता नभएकाले चाँडो अधिवेशन गरी सङ्गठनलाई चलायमान गर्नु पर्ने आवश्यकता रहेको बताए।
Discussion about this post